२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको महाधिवेशन : आज बिहान ७ बजेबाट मतदान, ७ हजार २५५ मतदाताले नयाँ नेतृत्व चयन गर्ने

117
shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

पहिलो मतदान ८१ वर्षका कास्की क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका छन्।

यसअघि बिहीबारलाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा रोकिएको थियो । तयारी पूरा भएसँगै आज मतदान अघि बढाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports