२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आज बुधबारको मौसम ?

169
shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति भने देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम किसिमको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports