सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीका बिरूधमा राप्रपाले प्रदशन गर्ने

416
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध विरोध गर्ने भएको छ ।

सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्षहरु र भातृ संगठनका अध्यक्षरप्रतिनिधिको संयुक्त बैठकले एमसीसीका केही प्रावधान राष्ट्रहितमा नरहेको निष्कर्ष निकालेको हो ।

एमसीसीबारे सरकारले राजनीतिक दलका बीचमा समझदारी कायम नगरेको, राष्ट्रहित विपरितका केही विवादास्पद प्रावधान संशोधन नगरिएको, सिंगो देश र जनतालाई विभाजित गरेको भन्दै देशभन्दा ठूलो एमसीसी नभएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २१ वटा भ्रातृ संगठन फागुन ४ गतेदेखि राजधानीमा संयुक्त रुपमा विरोध प्रदर्शनमा उत्रिँदैछन् । पहिलो दिन बबरमहलबाट शुरु हुने र्‍याली बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports