सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामीले धम्की दिएका छैनौ : अमेरिकी राजदूत

494
shares

अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का सवालमा नेपालका नेताहरूलाई कुनै पनि खालको धम्की नदिएको प्रतिक्रिया दिएको छ।

अमेरिकी राजदूत र्या‍न्डी बेरीले सोमबार केही पत्रकारसँग कुराकानी गर्दै आफूहरूले धम्की दिएको भनी आएको विषय पूर्णरूपमा गलत भएको बताए। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए। त्यस क्रममा उनले नेपाली नेताहरूलाई सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको र गैरकूटनीतिक ढंगले कुरा गरेको विषय बाहिर आएको थियो।

राजदूत बेरीले भने यसको सिधै खण्डन गरेका छन्। ‘हामीले कुनै पनि खालको धम्की दिएका छैनौं, यो पूर्णरूपमा असत्य हो,’ उनले भने, ‘हामीले नेपाली नेताहरूसँग छलफल त गरिरहेका छौं। तर, पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहसजस्तो पक्कै थिएन।’

अमेरिकाले नेपाललाई एमसीसीका सम्बन्धमा गरेको प्रतिबद्धता पालना गर्न आग्रह गरेको उनको भनाइ थियो। राजदूत बेरीले यसलाई अनुमोदन गर्ने कि नगर्ने नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा निर्णय गर्ने विषय भएको बताए।

उनले यस सम्बन्धमा नेपालले स्वयं निर्णय गर्नुपर्ने समेत उल्लेख गरे। उनले भने, ‘नेपालले वाचा पूरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस् ताकि नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून्।’

अमेरिकाले एमसीसीका सवालमा फैलाइएका मिथ्या खबरहरू चिन्ताजनक भएको उल्लेख गरेको छ। यस सम्बन्धमा राजदूत बेरीले भने, ‘दुर्भाग्यवश, यो विकास कार्यक्रम भ्रामक सूचनामा फसेको छ। सो भ्रामक सूचना एक यस्तो कार्यक्रमविरुद्ध लक्षित छ जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ। त्यसको विपक्षमा को हुन सक्छ ?’

राजदूत बेरीले अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो भएको उल्लेख गरे।  अन्नपूर्ण पोस्टमा कमलदेव भट्टराईले खबर लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports