सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईसीसीको टी २० बरियतामा नेपाल एक स्थान तल झर्यो

468
shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको पछिल्लो टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी-२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो ।

नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो । सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।
prabhu bank

आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेको यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ । एसोसिएटमा यूएई सबैभन्दा अघि छ ।

नेपालपछि स्कटल्याण्ड १४औं स्थानमा छ भने टेष्ट नेसन आयरल्याण्ड १५औं स्थानमा छ । ओमान १८औं स्थानमा छ । नेपाल, ओमान, यूएई र बयरल्याण्ड यही फेब्रअरी १८ देखि हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए खेल्दैछन् ।

इंग्ल्याण्ड टी-२० वरीयताको शीर्ष स्थानमा छ भने भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports