सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई खेल अघि नै मछिन्द्र ले जित्यो ए डिभिजन लिगको उपाधि

455
shares

मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।

साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेमा दुई खेल अगावै लिग उपाधि रक्षा गर्ने समीकरण बनेको थियो । त्यसमा अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गर्दा मछिन्द्रले बुधबार नै उपाधि पक्का गर्‍यो ।

prabhu bank

यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । एक खेल कम खेलेको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । यसअघि मछिन्द्रले मनाङलाई हराइसकेकोले मछिन्द्र हेड टु हेडमा अघि छ र मनाङले बाँकी तीन खेल जिते पनि मछिन्द्रलाई भेट्ने छैन ।

दशरथ रंगशालामा भएको खेलको ५३औं मिनेटमा नुर्लानले गोल गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports