सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो बढेको शेयर बजार आज १९ दशमलव ८४ अंकले घट्यो

481
shares

हिजो बढेको शेयर बजार आज १९ दशमलव ८४ अंकले घटेर २,७३४ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ३२ वटा कम्पनीको शेयर मुल्य घढेको छ भने १५४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा तथा अन्य उपसूचक बढेका छन् भने सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ५६ करोड ५२ लाख १८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २१ १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको ५२३ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

global bank  ad lamu

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४२७ रुपैयाँ कायम भएको छ । अरुण कावेली पावर कम्पनीको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय सस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका हुन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ब्यालेन्स फण्डका इकाई धनीले २ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports