बसको ठक्कर बाट बालाजुमा २ पैदल यात्रुको निधन
वि.सं.२०७८ फागुन ५ बिहीवार ११:००
shares

बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्कर बाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
मृतक मध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरूलाई ठक्कर दिएर बस सहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।





































