प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी २० मा दीपेन्द्र सिह ऐरीको छलाङ

624
shares

दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा छलाङ मारेका छन्।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दीपेन्द्र सिंहले एकै पटक ५२औं स्थानमा आएका छन्। पहिलोपटक टी–२० ब्याटिङमा सवावेश दीपेन्द्र सिंहले पहिलो पटक नै उच्च स्थान पाएका हुन्। उनले ४ सय ४३ रेटिङ अंक पाएका छन्। हालै ओमानमा सम्पन्न चार देशीय टी–२० सिरिजमा दीपेन्द्र सिंहले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

ओमान र आयरल्यान्ड विरुद्धको खेलमा म्यान अफ दी म्याच समेत भएका उनले तीन खेलमा १ सय ४२ रन बनाएका थिए। ओमान विरुद्ध ७३ रन बनाएका उनले युएई विरुद्ध १ रन र आयरल्यान्ड विरुद्ध २८ रन बनाएका थिए।

दीपेन्द्रसिंहले टी–२० ब्याटिङ वरीयतामा पहिलो पटक समावेश हुँदा नाम चलेका क्रिकेटरलाई पछाडि परेका छन्।

उनले भारतीय युवा ब्याट्सम्यान ऋषभ पन्त, सूर्यकुमार यादव, वेस्ट इन्डिजका कप्तान किरन पोलार्ड, वेस्ट इन्डिजकै ब्रान्डन किङ, सिमरोन हेटमायर, इंग्ल्यान्डका लियाम लिभिङ्स्टोन, अस्ट्रेलियाका मार्कस स्टोइनिस र म्याथ्यू वाडेलाई वरीयतामा पछाडि परेका छन्। टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ६५औं स्थानमा छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports