सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बहालवाला जनप्रतिनिधिहरूले राजिनामा नदिई उम्मेदवार बन्न नपाउने

481
shares

बाहलवाला जनप्रतिनिधिले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै उमेदवार बन्न पाउने व्यवस्था गरेको छ ।

“बाहलवाला जनप्रतिनिधिले उमेदवार बन्नका लागि राजीनामा दिनुपर्ने व्यवस्था आचार संहितामा गरिएको छ,” आयोग स्रोतले भन्यो । आयोगका एक पदाधिकारीका अनुसार आचारसंहितालाई अन्तिम रूप दिने काम भइरहेको छ । आचारसंहिता भने केही समयपछि मात्रै जारी हुनेछ । त्यस्तै आयोगले उमेदवार बन्नका लागि बेरुजु र पेस्की फर्छ्योट भएको हुनुपर्ने व्यवस्था आचारसंहितामा गर्न लागेको छ ।

“कुनै उमेदवारी दिने व्यक्तिले आफ्नो नाममा कायम भएको तिर्नु बुझाउनुपर्ने बेरुजु फर्छ्योट गरिसकेको हुनुपर्ने छ। आफूले कुनै सरकारी निकायमा लिएको पेस्की फर्छ्योट गरिसकेको हुनुपर्नेछ,” ती पदाधिकारीले  भने ।

बेरुजु र पेस्की फर्छ्योट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मात्रै नभएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि लागु गर्ने आयोगको तयारी छ ।

“प्रतिनिधिसभा र प्रदेशसभाको हकमा भने संविधानमा नै राजीनामा दिनुनपर्ने भन्ने व्यवस्था गरेको छ । तर, पेस्की पर्छ्योट गर्नुपर्ने र बेरुजु फर्छ्योट गर्नुपर्ने कुरालाई ती पदमा समेत लागु हुन्छ,” ती पदाधिकारी भन्छन् ,“मनोनयन दिँदा मेरो नाममा कुनै किसिमको पेस्की बेरुजु बाँकी छैन भनेर घोषणा गर्नुपर्छ ।”

बेरुजु र पेस्की फर्छ्योट गरेको स्वघोषणा गरे पुग्ने व्यवस्था गर्न लागिएको छ । कसैले फर्छ्योट नगरेकोमा उजुरी परे कारबाही हुने आयोगका अर्का पदाधिकारी बताउँछन्  ।

“आयोग हेर्न जाँदैन । स्वघोषणा गरे पुग्छ । तर कहीँकतै कसैले थाहा पाएर उजुरी दिए कारबाही हुन्छ । प्रमाणित भएर आचारसंहिता ठहर्छ,” ती पदाधिकारी भन्छन् “उमेदवारी दिएको छ भने उमेदवारी रद्द हुन्छ । जितेको छ भने ढाँटेको भनेर कारबाही गरेर अर्को निर्वाचन गर्न सक्ने समेत अधिकार छ ।”

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports