तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फिल्म निर्देशक आचार्यको हृदयघातले निधन

494
shares

बरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको हृदयघातले निधन भएको छ । उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुका आठ बजे उनले निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ ।

एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या भएपछि ओम अस्पताल लगिएको थियो । बिहीबार बिहान पशुपति आर्यघाटनमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।

सन् २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’बाट निर्देशन यात्रा थालेका आचार्यको अन्तिम फिल्म गोपिकृष्ण मूभिजको ‘प्रीतिको फूल’ बन्यो । यो फिल्ममा राजवल्लभ कोइराला, गरिमा पन्त र युना उप्रेतीले अभिनय गरेका छन् । फिल्मअघि आचार्यले नेपाल टेलिभिजनको लागि ‘स्मृति’ नामक टेलिसिरियल निर्देशन समेत गरेका थिए । बाल्यकालदेखि नै उनका साथी रहेका गोपिकृष्ण मूभिजका प्रदीप दाहालले निर्देशक आचार्यलाई असल मानिस भएको बताए ।

उनका एक श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन् । आचार्यको निधनमा निर्देशक समाजले १३ औं दिन कार्यक्रम आयोजना गर्ने महासचिव जनकदीप पराजुलीले जनाए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports