तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मौद्रिक नीतिको अद्र्ध वार्षिक समीक्षा सार्वजनिक

533
shares

आगामी त्रैमास देखि उत्पादनशील क्षेत्रमा जाने कर्जाको ब्याजदर सस्तो हुने भएको छ । राष्ट्र बैंकले उल्पादनशील क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्दै उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर भन्दा कम हुने गरी फरक पार्ने भएको हो ।

बिहीबार केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अद्र्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै आगामी त्रैमास देखि नै नमुनाको रुपमा कार्यान्यवनमा ल्याउने उल्लेख गरेको छ ।

oil ad long

सार्वजनिक समीक्षामा भनिएको छ –‘बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरु मध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्र प्रवाह गरिने कर्जाको ब्याजदर भन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गरिनेछ । यो व्यवस्था आगामी त्रैमास देखि कुनै एक क्षेत्रबाट नमूनाको रुपमा कार्यान्वयनमा ल्याइनेछ ।’

यता मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोर सँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports