सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने

416
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबार नै एमसीसी टेबल गर्ने बताएका हुन् । देउवाले टेबल गरेपछि एमसीसी निर्णयका लागि दलहरूलाई पर्खिन सक्ने भएपनि फागुन १६ अघि जसरी पनि पारित हुनुपर्ने धारणा राखेका बैठकपछि एक नेताले जानकारी दिए ।

बैठकमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भने फागुन ७ गते सम्म पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले ७ गते पार्टीको स्थायी कमिटी बैठक बोलाइएको बताउँदै त्यतिन्जेल सम्म फर्किन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

यस्तै जनता समाजवादी पार्टीको तर्फबाट भने दुई खाले धारणा आएको थियो । जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी तत्काल पेश हुनुपर्ने धारणा राखेका थिए । तर अर्का नेता राजेन्द्र श्रेष्ठले चाहिँ दलहरुबीच सहमति जुटाएर मात्रै अघि बढ्दा ठीक हुने धारणा राखेका थिए ।

माओवादी केन्द्रले भने ४ बुँदे धारणा राखेका थियो । माओवादीले सबैभन्दा पहिला एमसीसीमा रहेका प्रावधानहरूका बारेमा स्पष्ट पारिनुपर्ने अनि मात्रै पारितको कुरा आउने बताएका थियो ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार एमसीसीमा कन्टेन्ट पनि जोडिएको हुनाले यसमा पनि छलफल नपुगेको धारणा पार्टीको थियो । यही कारण एमसीसीको औचित्यमाथि नै प्रश्न उठेको माओवादीको भनाइ थियो । आर्थिक सहायतका अहिलेसम्म संसदले अनुमोदन नगरेकोमा भोलिले अरुले पनि यस्तै माग गरे के हुन्छ भन्ने प्रश्न पनि माओवादीले उठाएको थियो । यस्तै माओवादीले संसद सुचारु गरेर मात्रै यसबारे अघि बढ्नुपर्ने धारणा पनि राखेको थियो । ‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद सुचारु नहुँदासम्म कसरी पेश हुन सक्छ ? पहिला संसद सुचारु हुनुपर्छ’, माओवादीको भनाइ थियो ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपछि सहमति जुटिनसकेको जानकारी दिए । एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरता पूर्वक छलफल भएको उनको भनाइ छ । भोलि १० बजे पुन बैठक बसेर सहमति जुटाउन प्रयास गरिने उनले बताए । उनले सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धनभित्र फरक फरक विचार भएकाले एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको पनि बताए । उनले सरकार सार्वभौम संसदबाट एमसीसी पारित गर्न लागिपर्ने र त्यसतर्फ छलफल केन्द्रीत रहेको पनि बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports