आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेश नहुने
वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:२७
shares

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने विषय समेटिएको छ। तर, दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन।
एमसीसी कार्यसूचीमा नरहेकाले आज पनि टेबल नहुने भएको हो । सत्ता गठबन्धन भित्रै विवाद सिर्जना भएपछि एमसीसी टेबल गर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन्।





































