सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने : अध्यक्ष सीपी गजुरेल

416
shares

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् ।

शुक्रवार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको बिरोध प्रदर्शनका क्रममा बोल्दै अध्यक्ष गुजरेलले एमसीसी संसद बाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन् । उनले नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसीसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने दाबी गरे ।

अध्यक्ष गजुरेलले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सिमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गरे । उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्ने बताए ।

उनले भने, ‘एमसीसी सम्झौता खारेज गरिएन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा शासक वर्गले सोचिसकेका छैनन् । उनीहरुले लाखौँ जनता सडकमा किन उत्रिए भन्ने कुरा सोच्न सकिरहेका छैनन् । यसको बिरुद्धमा जनताको जुन अभिमत छ त्यसलाई कुल्चिन खोजियो भने त्यसमा अब अर्को विकराल स्थिति पैदा हुनेवाला छ । देशमा अहिले दुई वटा सम्भावनाहरु छन् । एउटा डरलाग्दो अवस्थातिर देश जान सक्छ । सारा जनता एउटा पक्षमा शासक वर्गहरु त्यसको बिरुद्धमा गए भने त्यसले एउटा गृहयुद्धको रुप लिन पनि सक्छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्छ ।’

अध्यक्ष गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए । उनले अमेरिकी सरकार द्वारा प्रोयोजित रुपमा दिएको एमसीसी पास गर्न अमेरिकाले दबाब दिइरहेको समेत आरोप लगाए ।अध्यक्ष गजुरेलले देशलाई शंकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौँ जनता, देशभक्त, क्रान्तिकारीहरु एमसीसी सम्झौता खोरेजीको पक्षमा रहेको दाबी गरे ।

त्यस्तै उनले शासक वर्गहरुले कुनै पनि बेला राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सक्ने शंका व्यक्त गर्न सक्ने भएकोले अझै सशक्त भएर आन्दोलन गर्न आह्वान गरे । अध्यक्ष गजुरेलले एमसीसी पारित भए अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई नेपालबाट लखेट्न गाह्रो हुने बताए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सडक र संसदमा एमसीसी बारे आन्दोलन गरिरहेको बताइन् । उनले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने बताइन् । उपाध्यक्ष पौडेलले एमसीसीमा अनन्तकाल सम्म नेपाललाई बन्देज बनाउने कुराहरु समावेश भएकोले यो नेपाली जनालाई स्वीकार्य नहुने बताइन् ।

उनले भनिन्, ‘गठबन्धनको मिटिङमा पनि हामीले यसको बिरोध गरिरहेका छौँ । एमसीसी कुनै पनि हालतमा स्वीकार्य छैन । यो खारेज हुनुपर्छ । यो टेबुल पनि गर्नु हुँदैन । संसदमा पेश गरिनु पनि हुँदैन । यसलाई फिर्ता गर्नुपर्छ । यस्तो खतरनाक किसिमको एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन यो सम्झौताले खोजेको छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports