औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा : कमल थापा
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५७
shares

कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणा अघि थापाले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् ।





































