नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामीसँग एमसीसी संसदमा टेवल गर्ने वारे सरकारले कुनै छलफल गरेको छैन: उपनेता नेम्वाङ

598
shares

काठमाडौँ । नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आज संसदमा टेबल गर्न सत्ता गठबन्धनमा सहमति जुटेपनि प्रतिनिधि सभाको अवरोध कायमै रहने देखिएको छ ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् सुचारू गर्नेबारे सरकारले आफूहरूसँग कुरा नगरेको बताएपछि ससदमा अवरोध कायम मै रहने देखिएको छ । एमालेले संसदमा अवरोध जारी राखेमा नाराबाजी कै बीच एमसीसी टेबल गर्ने सरकारले तयारी गरेको छ ।

नेम्वाङले एमसीसीबारे आफूहरू कुनै निर्णयमा नपुगेको बताए । ‘एमसीसीबारे हामी कुनै निर्णयमा पुगेका छैनौं, संसदमा के हुन्छ, हेर्छौं,’  ।

सत्ता गठबन्धनबीच आज आइतवार प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने सहमति भएको थियो । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports