प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सङ्घर्षशील युवाको कथा ‘वासुदा’ लोकार्पण

819
shares

 

काठमाडौं । गुरुबाटमात्र होइन आफ्नो परिवारबाट पनि ज्ञान आर्जन गर्नुपर्छ भन्ने मान्यताका युवा स्रष्टा भीष्मराज फुलारा संघर्ष, जीवनका भोगाई र विभिन्न घट्ना, परिघटनाबाट सिक्दै यहाँसम्म आउनुभएका उदयमान साहित्यिक स्रष्टा हुनुहुन्छ ।

साहित्य मार्फत न्याय, समानता र परिवर्तनका लागि बिद्यार्थी कालदेखि नै कलम चलाउँदै आउनुभएका फुलाराको नविनतम् कृति ‘वासुदा’को एक कार्यक्रम बीच आईतबार राजधानीको पाचतारे एभरेश्ट होटेल बानेश्वरमा विमोचन भएको छ । डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथिमा एटर्नी एट ल. अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारा हुनुहुन्थ्यो भने अर्का अतिथि उपप्रा.ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको बारेमा समिक्षात्मक टिप्णी गर्नु भएको थियो ।

एक सङ्घर्षशील युवाको जीवनकथामा आधारित उपन्यास ‘वासुदा’मा मुल पात्र वासुदामा एकै पटकदेखिएका चुनौतीहरुको सामना गर्ने साहस भएका कारण जीवन सफल भएको देखाईएको छ । वासुदाको संङ्घर्षमा साथ दिने अन्य पात्रहरुलाई पनि महत्वपुर्ण रुपमा प्रस्तुत गरिएको छ । ‘वासुदा’ कृतिमा वासुदाको जीवन सङ्घर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्यहरु आम मानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउछ । संघर्षका समयमा आइएपरेका अन्य घट्ना परिघट्नालाई पनि लेखकले सटिक ढंगले पुस्तकमा उतारर्ने नमर्को गर्नु भएको छ ।

दुई सय त्रिचालिस पुष्ठको ‘वासुदा’ उपन्यासको मुल्य बाक्लो गाता रु.५५० र साधारण गाता ३५५ रहेको छ भने फुलारा लिटरेचर फाण्डेशन नेपालले प्रकाशन गरेको हो । युवा साहित्यकार भीष्मराज फुलाराका प्रकाशित कृतिहरुमा टुहुरो कुण्डली (उपन्यास), नफापेको मान्छे (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक छन् भने आधा दर्जन भन्दा बढी गीतहरू दर्शक, स्रोता माझ आइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports