सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१७ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७३५ विन्दुमा

507
shares

नेपाली शेयर बजारमा आएको उतार चढाव अब सम्हालिने क्रममा रहेको देखिएको छ । आइतबार दोहोरो अङ्कले घटेर बन्द भएको बजार सोमबार र मंगलबार भने लगातार दोहोरो अङ्कले बढेरको छ । एमसीसी, बैंकको ब्याजदर साथै अन्य मनोवैज्ञानिक कुराले शेयर बजारमा निरन्तर असर गर्दै आएको छ ।

मंगलबार बजार १७ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७३५ विन्दुमा पुगेको छ । नेप्से सँगै कारोबार रकम पनि हिजोको तुलनामा सामान्य बढेर ३ अर्ब २१ करोड माथि पुगेको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५० कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

नेपाल दुरसञ्चार कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार हुँदा अधिकांश उपसूचकमा हरियाली पोतिएको छ । उत्पादन र लगानी उपसूचक सामान्य घट्दा बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ । त्यस्तै सेन्सेटभि र फ्लड इन्डेक्स समेत बढेको छ । आज पनि जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports