kumari
stcnepal

१७ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७३५ विन्दुमा

नेपाली शेयर बजारमा आएको उतार चढाव अब सम्हालिने क्रममा रहेको देखिएको छ । आइतबार दोहोरो अङ्कले घटेर बन्द भएको बजार सोमबार र मंगलबार भने लगातार दोहोरो अङ्कले बढेरको छ । एमसीसी, बैंकको ब्याजदर साथै अन्य मनोवैज्ञानिक कुराले शेयर बजारमा निरन्तर असर गर्दै आएको छ ।

मंगलबार बजार १७ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७३५ विन्दुमा पुगेको छ । नेप्से सँगै कारोबार रकम पनि हिजोको तुलनामा सामान्य बढेर ३ अर्ब २१ करोड माथि पुगेको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५० कम्पनीको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

नेपाल दुरसञ्चार कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार हुँदा अधिकांश उपसूचकमा हरियाली पोतिएको छ । उत्पादन र लगानी उपसूचक सामान्य घट्दा बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ । त्यस्तै सेन्सेटभि र फ्लड इन्डेक्स समेत बढेको छ । आज पनि जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

 

footer