विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिंहलाई मुद्दा नचलाउन सरकारी उच्च पदमा रहेकाहरूको चलखेल

741
shares

पर्यटनमन्त्री प्रेम आलेको सक्रियतापछि क्यासिनोहरूले झन्डै एक अर्ब रोयल्टी सरकारलाई बुझाइसकेका छन् । होटललाई समेत कारबाही गर्ने चेतावनी पछि यसरी क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्न थालेका हुन् ।

विगतमा मन्त्रीहरू सँग मिलेर नियतवस रोयल्टी ठग्ने काम हुँदै आएको यसले प्रष्ट हुन्छ । क्यासिनो सञ्चालकहरूले सरकारलाई रोयल्टी तिर्दैन थिए भने व्यक्तिगत रुपमा करोडौं सम्पत्ति जम्मा गर्थे । त्यस मध्ये एक हुन् सुरेन्द्रबहादुर सिंह । याक एण्ड यती लगायत होटलमा क्यासिनो चलाएर उनले करोडौं सम्पत्ति जोडेका छन् । तर, राज्यलाई रोयल्टी भने तिरेका छैनन् ।

त्यो खुले पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी माथि छानबिन थालेको थियो । छानबिनको क्रममा उनको स्रोत नखुलेको करिब ३० करोड रुपैयाँ बराबरको सम्पत्ति भेटियो । त्यस पछि विभागले मुद्दा प्रक्रिया अघि बढायो । ६ महिना अघि नै मुद्दा प्रक्रिया अघि बढाएपछि अहिलेसम्म चलखेलले यो मुद्दा रोकिएको छ ।

विभागले मुद्दा चलाउनु अघि विशेष सरकारी वकिल कार्यालयको राय लिनुपर्ने प्रावधान छ । त्यहाँ सिंहले चलखेल गरेर मुद्दा रोकेका हुन् । सिंहले महान्यायाधिवक्ता खम्मबहादुर खाती देखि सहमहान्यायाधिवक्ता धुव्र चौहानसँग निकटता बढाएर मुद्दा प्रभावित बनाएको आरोप छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports