प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बानेश्वर रणभूमी सग्राम प्रहरीको कुटाइबाट एक अचेत

728
shares

काठमाडौं । एमसीसीविरुद्धको आन्दोलनका दौरान भएको झडपमा गम्भीर घाइते भएका एकजनाको उपचार बानेश्वरस्थित एभरेष्ट अस्पतालमा हुन नसकेपछि ट्रमा सेण्टरमा रिफर गरिएको छ । उनको पहिचान खुलेको छैन ।

बानेश्वरमा एमसीसीविरुद्धको आन्दोलनले उग्र रुप लिँदा प्रहरीको अश्रु ग्यास र कुटाइबाट अचेत भएका ती व्यक्तलाई उपचारका लागि एभरेष्ट अस्पताल पुर्‍याइएको थियो ।

चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै रिफर गरेपछि एम्बुलेन्सबाट थप उपचारका लागि ट्रमा सेण्टर लगिएको छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले ती व्यक्तिको उपचार भइरहेको बताएका छन् ।संसदमा विचाराधीन एमसीसी सम्झौताको विरुद्धमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपाका कार्यकर्ता तथा विभिन्न राजनीतिक समूहहरु सडक आन्दोलनमा रहेका छन् ।

बानेश्वर क्षेत्रमा लगातार भइरहेको प्रदर्शनलाई मत्थर पार्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेपनि प्रदर्शन चर्किँदै गइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports