तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका मागमा छलफल गर्न देउवा तयार, गठबन्धन टुटने सम्भावना, आज देउवा र ओलीको दोस्रो पटक भेट हुने

481
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली संग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

‘तपाईंले गरेको निर्णयलाई निर्णयार्थ पेश गरेको छु, यसमा मद्दत माग्ने कुरा स्वाभाविक हो, तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔं’ देउवाले ओली सँग गरेको प्रस्ताव बारे कांग्रेस महामन्त्री गगन थापाले भने ।

उनका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्ताव बारे पार्टीमा छलफल गरेर पुन: कुराकानी गर्ने जवाफ दिएका छन् । प्रधानमन्त्री र एमाले अध्यक्ष ओली बीच बिहीबार साँझ पुन छलफल हुने थापाले बताए ।

२३ भदौदेखि संसद अवरोध गर्दै आएको एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ । १४ सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग एमालेले छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports