मुलुकको सार्वभौमसत्ता भन्दा सत्ता प्यारो
वि.सं.२०७८ फागुन १३ शुक्रवार ०६:४७
shares
काठमाडौँ । झण्डै ३ वर्ष पछि एमसीसी सम्झौता ससदमा प्रवेश गरेको छ । पाँच दलिय गठवन्धनमा रहेका दलहरु नेपाली काग्रेस ,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ,जनता समाजवादी र राष्ट्रिय जनमोर्चा भीत्र एमसीसी सम्झौताका बारेमा सहमति हुन नसक्दा सरकारले सम्झौतालाई संसदमा प्रवेश गराउन सकेको थिएन तर सत्ता गठवन्धनमा रहेका दलहरु वीचमै विमत्ति रहेपनि सरकारले गत आइतवार (८ गते)एमसीसी सम्झौतालाई संसदमा टेवल गरेको छ । सत्ताको नेतृत्व कर्ता दल नेपाली काग्रेस पहिला देखि नै एमसीसी सम्झौतालाई ससदवाट पारित गराउने पक्षमा रहेको थियो । तर सत्ताका प्रमुख घटक माओवादी केन्द्र र नेकपा एकीकृतको असहमतिका कारण सम्झौतालाई संसदमा प्रवेश गराउन शेरवहादुर देउवाले निकै कसरत गर्नु परेको थियो ।
प्रधानमन्त्री देउवाले पछिल्लो समयमा पाँच दलिय गठवन्धन टुटेपनि सम्झौतालाई ससदमा प्रवेश गराउने रणनिति लिएका थिए । उनले ससदको प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि त्यस विषयमा छलफल गरेका थिए । नेकपा एमालेले गठवन्धन टुटेको खण्डमा सरकारलाई सहयोग गर्न सक्ने वताएका भएपनि पहिला पाँच दलिय गठवन्धन र सरकारले नै निर्णय गर्नु पर्ने वताउदै आएको थियो । एमसीसी सम्झौता कै कारण सरकार छोड्नुपर्ने अवस्था आउन सक्ने भएकोले गर्दा नेकपा एकीकृतले एमसीसी सम्झौतालाई ससदमा टेवल गर्न दिने तर पारित हुन नदिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले भने जर्वजस्ती गरेर एमसीसी सम्झौता टेवल गरीए सत्तावाट बाहिरिने निर्णय गरेको भएपनि अन्तिम समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत एमसीसी सम्झौतालाई ससदमा टेवल गर्न सहमति जनाएपछि सरकारले एमसीसी सम्झौतालाई ससदमा प्रवेश गराउन सफल भएको छ ।
गत आइतवार एमसीसी सम्झौता ससदमा टेवल हुँदा काँही नभएको जाँत्रा हाडी गाँउमा भन्ने उखान ससदमा चरित्रार्थ भएको छ । पार्टी अध्यक्षले समर्थन जनाउने अनि सो पार्टीका प्रमुख सचेतक सहितका तिन सासदले लिखित असहमति दर्ज गरेर माओवादी केन्द्रले जात्रा देखाएको छ । उनीहरुलाई अध्यक्ष दाहालले नै लिखित असहमति जनाउन स्वीकृती दिएको अनुमान गरिएको छ ।
गत आइतवार विहान बसेको सत्ता गठवन्धनको बैठकमा दाहाल, माधव नेपाल सहितका नेताहरुले सम्झौतालाई ससदमा टेवल गर्न सहमति जनाएका भएपनि उनीहरुले आ आफ्ना जनवर्गिय संगठनहरुलाई भने एमसीसीको विरोध गर्न सडकमा उतारेका थिए । यसरी माओवादी केन्द्र र नेकपा एकीकृतले दोहोरो चरित्र प्रर्दशन गरेरै भएपनि सत्तामा टिकी रहने रणनिति लिएका छन् । दाहाल नेपाललाई मुलुकको सार्वभौमसत्ता भन्दा सत्ता नै प्यारो भएको यसैले प्रमाणीत हुदैन र ?





































