सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्र र एकीकृत समाजवादी दवावमा

429
shares

 

काठमाडौँ । सघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमालेले अहिलेका सत्ता गठवन्धनलाई कायमै राखेर प्रधानमन्धी देउवा अघि वढ्न खोजेको भन्दै एमसीसीसम्झौतालाई पारित गराउन नसकिने अडान लिईरहेको वेला जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. वावुराम भट्टराई ले भने सत्ता गठवन्धन भत्काएर भएपनि एमसीसी सम्झौतालाई पारित गराउनु पर्ने वताएका छन् । डा.भट्टराई पहिला देखी नै एमसीसी सम्झौताको पक्षमा वकालत गरीरहेका भएपनि उनको पार्टी जसपाले भने संस्थागत निर्णय लिएको छैन । जसपाभीत्र पार्टी अध्यक्ष उपेन्द्र यादव र भट्टराई वीचमा विवाद रहेको छ ? नेपाली काग्रेस बाहेक डा. भट्टराई मात्र एमसीसी सम्झौताका पक्षमा उभिदै आएका छन् ।

नेकपा एमालेले आफूहरुले उठाएका एजेन्डालाई सम्वोधन भएको खण्डमा मात्र पार्टीले निर्णय लिने वताउदै आएको छ । उसले आफ्नो पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ सासदको पद खारेज गर्नु पर्ने वा सभामुख अग्नी प्रसाद सापकोटले राजीनामा दिनुपर्ने माग अघि सार्दै लामो समयदेखी ससद अवरुद्ध गर्दै आएको छ । प्रधामन्त्री शेरवहादुर देउवा र नेकपा एमालेका अध्यक्ष ओली बीच पटक ÷पटक भएको भेटमा ओलीले एमसीसीका विपक्षमा रहेका सत्ता गठवन्धनमा रहेका दलहरुलाई वोकेरै सत्ता गठवन्धनलाई निरन्त्तरता दिने कि विकल्प खोज्ने भन्ने प्रश्न प्रधानमन्त्रीसँग राख्ने गरेका भएपनि त्यस विषयमा प्रधानमन्त्री देउवा स्पष्ट हुन सकेका छैनन् ।

प्रधानमन्त्री देउवा ससदमा एमसीसी सम्झौता पेश नहुदै फागुन ५ गते अध्यक्ष ओली निवास पुगेर एमसीसी सम्झौतामा सहकार्य गर्न छलफल गरेका थिए । त्यसपछि मात्र दवावमा आएर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ता गठवन्धन टुट्ने डरले गर्दा एमसीसी सम्झौतालाई ससदमा टेवल गर्न सहमत भएका थियो ।

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी माथी दवाव बढेको छ । उनीहरु सत्ता गठवन्धनवाट अलग हुन चाहिरहेका छैनन् । स्थानीय तहदेखी प्रतिनिधिसभाको चुनाव सम्मै सत्तागठवन्धनलाई सघै लैजाने पक्षमा रहेकाले उनीहरु अहिले दवावमा परेका छन् । अन्तिम समयमा उनीहरु सत्ता गठवन्धनलाई जोगाई राख्न एमसीसी सम्झौता कै पक्षमा उभिन सक्ने सम्भावना समेत देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports