२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री सहितको काग्रेसको टोली एमाले अध्यक्ष ओलीको निवास बालकोटमा, आज निणॅयक वाताॅ हुने

819
shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पुग्नुभएको छ । गत भदौ २३ गतेदेखि प्रतिनिधि सभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोट स्थित अध्यक्ष ओली निवास पुग्नुभएको बताइएको छ ।

देउवाले अमेरिकी सहायता परियोजना सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेरै आग्रह गरिरहनुभएको छ । फागुन ५ गते उनी पत्नी डा. आरजु राणा देउवा साथमा लिएर बालकोट पुग्नुभएको थियो । सोही दिन प्रधानमन्त्रीको सरकारी निवसा बालुवाटारमा भएको पाँच दलीय गठबन्धनको वार्तामा एमसीसी पारितका लागि सहमति नजुटेपछि उनी प्रमुख प्रतिपक्ष एमाले गुहार्न बालकोट पुग्नुभएको हो ।

त्यसअघि फागुन ५ गते बिहान प्रधानमन्त्री देउवाले कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई ओलीसँग वार्ता गर्न बालकोट पठाउनुभएको थियो । त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन संवाद गर्नुभएको थियो । त्यसयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटक छलफल भइसकेको छ ।

गत बिहीबार प्रतिनिधिसभा बैठक स्थगित गरेर अध्यक्ष ओलीसँग उहाँले संघीय संसद भवनमै अवरुद्ध संसद सुचारु र एमसीसी पारितका विषयमा छलफल गर्नुभएको थियो । सोही दिन बेलुकी उहाँहरुका बीचमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि सहमतिको प्रयास स्वरुप छलफल भएको थियो ।

यस्तै शुक्रबार बेलुकी पनि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बीच बालकोटमै छलफल भएको थियो । एमालेबाट अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली पनि सहभागी हुनुभएको थियो । शुक्रबारको छलफल लगायत पटक–पटकको भेटमा अध्यक्ष ओलीले देउवासँग प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण निर्माण गर्न सुझाव दिँदै आउनुभएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports