विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेस एमाले बीचमा कुरा मिलेन, भोली बस्ने भनिएको संसदको बैठक पनि अनिश्चित

572
shares

संसद् खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा काँग्रेस एमालेका नेताहरू बीच शनिबार भएको छलफल पनि विना निष्कर्ष सकिएको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरू बीच भएको छलफल पछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमाले सँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताए । कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको बताए ।

काँग्रेस एमाले बीच शनिबारको छलफललाई निर्णायक भनिएको थियो । आइतबारको संसद् बैठक खुल्छ भन्ने रु प्रश्नमा मन्त्री कार्कीले भने, ‘मैले तपाईंहरूलाई नयाँ खवर भनौला भनेको थिएँ त्यो भएन ।’ उनले अहिलेसम्म गठबन्धन दायाँ बायाँ नभएको समेत बताए । उनले संसद् सुचारु होस् भन्ने आशा मात्र गर्न सकिने बताए । छलफल पछि एमाले महासचिव शंकर पोखरेलले विगत ५/६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताए । साथै उनले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने बताए । ‘दोस्रो संसद्‍मा प्रवेश बाटो बनाउनुस् त्यसपछि स्पष्ट दृष्टिकोण बनाउँछौ भनेका छौ’, महासचिव पोखरेलले भने, ‘लोकतान्त्रिक र राष्ट्रिय सन्दर्भमा छलफल गरिरहने भन्ने भएको छ । कुनै नयाँ निष्कर्षमा पुगेका छैनौ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports