सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली महाशिवरात्रि यि क्षेत्रमा सवारी संचालन गर्न नपाईने

429
shares

मंगलबार परेको महाशिवरात्रि पर्वको अवसरमा विशेष ट्राफिक योजना तयार पारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सबै तयारी पूरा गरेको हो । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाको भनाइ छ । धेरै टाढा टाढाबाट भक्तजनहरू आउने हुनाले उनीहरुको सुविधाका लागी निर्वाध आवतजावतको व्यबस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्ग बाट संचालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिल बाट गौशालातर्फ, पुरानो बानेश्वर बाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवी बाट रातोपुल हुँदै गौशाला तर्फ, सिफल चौर बाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइएको जानकारी दिए । उनले तिनकुने बाट सिनामंगल तिलगंगा तर्फ, चाबहिल बाट गौशाला तर्फ र बागमती करिडोर बाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरि डाईभर्सनको प्रबन्ध मिलाइने समेत बताए ।

महाशिवरात्रि पर्व अबधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एव प्रभावकारी बनाउनको लागी करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने समेत जानकारी दिए । महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports