तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्ने सम्भावना

585
shares

इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले दिएको जानकारी अनुसार भारत बाट आज प्राप्त नयाँ मूल्य सूची अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

भारत बाट प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रति सीलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले  जानकारी दिए ।

प्राप्त नयाँ मूल्य सूची अनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने उपाध्यायले बताए । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports