kumari
stcnepal

नेप्से परिसूचक २६ सय भन्दा तल

सेयर कारोबार मापक नेप्से परिसूचक २६ सय भन्दा तल झरेको छ । बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक १५ सय ४६ दशमलव ६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जस बाट काुरोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।

बजारमा उच्च अंकको गिरावट आउँदा तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैधन्दा धेरै बढ्नेमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य २२ रुपैयाँले बढेर ५७२ रुपैयाँ पुगेको छ ।

यसैगरी सिभिल बैंकको सेयर मूल्य २.८ रुपैयाँले बढेर २२६.३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ पुगेको छ । बाँकी सबै कम्पनीहरुको सेयर मूल्य बुधबार घटेको छ ।

 

 

footer