प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वडा सचिव साहविरुद्ध विशेष अदालतमा मुद्धा दायर

468
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्नेक सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडा सचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ)घुसररिसवत लिइसकेको अवस्थामा मिति २०७८।१०।२० गते नियन्त्रणमा लिएको थियो ।

अख्तियारको अनुसन्धानको सिलसिलामा जिल्ला बारा, कोल्हवी नगरपालिका, 11 नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.3500।– घुस/रिसवत माग गरी लिएको अनुसन्धानबाट खुल्न आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निज वडा सचिव (ना.सु.) विनोद प्रसाद साहलाई बिगो रु.3500।( तीन हजार पाचँ सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क)बमोजिम सजाय हुन मागदावी लिई आज फागुन १८ गते बिशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरेको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports