नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापतिलाई बिवादमा तान्ने प्रयास भएको भन्दै सेनाले भन्यो

741
shares

प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसद बाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्मा​ले भाषण गरेको भन्दै भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।

त्यस बारेमा बोल्दै सेनाले सेनाका गतिविधि सँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार जंगी अड्डाले विज्ञप्ति जारी गर्दै नेपाली सेनाका गतिविधि सँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी संवेदनशील विषयहरु सेना सँग जोडी आफ्नो निहित स्वार्थ र नियत पूरा गर्न समाजमा भ्रम फैलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधि भित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरु प्रति नेपाली सेना खेद प्रकट गर्दछ । यस्ता भ्रमहरु बाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न लगाउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’ सेनाले सामाजिक सञ्जालमा नक्कली परिचय बनाई भ्रम फैलाएको उल्लेख गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports