नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामसुङ कम्पनीको निर्णय, उत्पादन रूस नपठाउने

572
shares

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस-यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ ।

यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्याति प्राप्त कम्पनीहरू सँग सम्मिलित भएको हो । युक्रेनी सञ्चारमाध्यमले जनाए अनुसार विकसित पछिल्लो घटनाक्रमका कारण मार्च ५ देखि सामसुङले रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो ।

उक्त क्षेत्रवरि परि मानवीय प्रयासलाई सक्रियता पूर्वक समर्थन गर्न कम्पनीले उपभोक्ता इलेक्ट्रोनिक्समा १० लाख अमेरिकी डलर सहित ६० लाख अमेरिकी डलर अनुदान पनि गरिरहेको कुरा बताएको छ । कम्पनीले रूसी आक्रमणको बारेमा ‘गम्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो । एप्पलले रूस भित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देश बाहिर रूसी राज्य मिडिया अनुप्रयोगको उपलब्धतामा प्रतिबन्ध लगाएको पनि बताएको छ ।

मस्कोले युक्रेन बाट स्वतन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिन पछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रेनमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको यूक्रेनी समाचार माध्यमहरूमा जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports