सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेसले स्थानीय चुनावको लागि खटायो केन्द्रीय प्रतिनिधि

481
shares

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ। कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ। त्यस लगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीले जित्ने गरी तयारी गर्न उनको निर्देशन छ। तर गाउँगाउँमा जाँदा गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने अभिव्यक्ति नदिन पनि उनले नेताहरूलाई निर्देशन दिएका छन्।

कांग्रेसले आठ उद्देश्यका लागि केन्द्रीय नेता गाउँ खटाएको छ। जसमा चुनावमा पार्टीका उम्मेदवार जिताउन मतदानको माहौल मिलाउने देखि एमसिसी बारेका भ्रम चिर्ने सम्म छन्।०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले यसपालि विगतका चुनाव भन्दा फरक ढंगले प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न खोजेको छ।

केन्द्रीय प्रतिनिधि जिल्लाका हरेक पालिकामा कम्तिमा एकपटक पुग्नुपर्नेछ। आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न पनि कांग्रेसले प्रतिनिधिहरूलाई निर्देशन दिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports