स्थानीय चुनाव केन्द्रीत अभियान घोषणा गर्दै देउवा
वि.सं.२०७८ फागुन २५ बुधवार १४:०८
shares

काठमाडौँ ।नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रीत घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।फागुन २९ देखि चैत २९ सम्म एक महिने घरघर जाऔं कांग्रेस जिताऔं अभियान घोषणा गर्ने तयारी छ।
आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम राखेका छन्।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घरदैलो अभियान सञ्चालन गर्न लागिएको तथा आवश्यक तयारी र रणनीतिबारे सभापति देउवाको उपस्थितिमा कार्यक्रमबारे जानकारी गराउन लागिएको बताएका छन् ।कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।
फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।
सभापति देउवाले केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि मंगलबार निर्देशन दिँदै गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेलाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन भनेका थिए।






























