हामीलाई घर न घाटको बनाउने प्रयास भएपछि एमसीसी सम्झौता अनुमोदन गर्न वाध्य भयौँ : अध्यक्ष नेपाल
वि.सं.२०७८ फागुन २५ बुधवार १४:४६
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुलाई घर न घाटको बनाउने षडषन्त्र भएकाले एमसीसी पास गरिएको बताएका छन् ।आज बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एकीकृत समाजवादीको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको बताएका छन् ।
उनले भने केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भएपनि अनुमोदन गरेर गठबन्धन जोगाएको समेत बताए ।
साथै अध्यक्ष नेपालले एमसीसीको बारेमा पार्टीका केही नेताको भनाइप्रति आपत्ति जनाएका हुन् । अध्यक्ष नेपालले आफ्नै नेताले एमसीसीबारे अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिए । तर, उनले ती नेताको नाम भने बताएनन् । एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसीबारे फरकमत राख्दै आएका छन् ।
‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । गल्ती स्वीकार गर्नुहोस्, स्पष्टिकरण सोध्नुपर्ने नहोस्’ अध्यक्ष नेपालले भने, ‘ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन ।’






























