प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिद्धबाबा मुद्दा, अब न्यायाधीश सरूवा नभए सम्म निर्णय नआउने

546
shares

धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोकेको छ । उच्च अदालत विराटनगरमा रहेको मुद्दाको पेशीमा आज भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलासमा सुनुवाइ पछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलासमा पेस गर्नु’ भन्ने आदेश गरेका छन्।

न्यायाधीश श्रेष्ठले यसअघि सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको थुनछेक आदेशलाई बदर गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए । तर जिल्ला अदालत बाट सफाइ पाई उक्त मुद्दा सरकारवादी पुनरावेदनको रूपमा उच्च अदालतमा आएपछि न्यायाधीश श्रेष्ठले ‘हेर्न नमिल्ने’ मा परेको हो । पहिले नै सिद्धबाबा विपक्षी रहेको थुनछेक आदेश गर्ने न्यायाधीशले पुनरावेदनको रोहमा रहेको मुद्दा हेर्न नमिल्ने भन्दै विपक्षीका कानुन व्यवसायीले स्थगनको माग गरे पनि बुधबार सुनुवाइमा गएको थियो । यद्यपि मुख्य न्यायाधीश श्रेष्ठले आफू रहितको इजलासमा पेस गर्नु भन्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार ओमराज सुवेदीले बताए ।

सुवेदीका अनुसार सिद्धबाबा प्रकरणमा अब उच्च अदालत विराटनगरमा रहेका १० मध्ये ५ जना न्यायाधीशले सो मुद्दा हेर्न नमिल्ने भएको छ । सोही मुद्दामा न्यायाधीश प्रेमराज ढकाल र रेणुका साहले नेपाल सरकारले गरेको पुनरावेदनमा दुवै पक्षका झगडिया झिकाउने आदेश दिएका थिए । साह सरुवा भए पनि ढकाल उच्च अदालतमै रहेका छन् । यस्तै न्यायाधीश राजन प्रसाद भट्टराई प्रतिवादीका तर्फ बाट बहस गर्ने वरिष्ठ अधिवक्ता रमेश कोइरालाका नातेदार हुन् । उनले पनि सो मुद्दा हेर्न नमिल्ने भएको छ । यस्तै न्यायाधीश कृष्णकमल अधिकारी र जगतनारायण प्रधानले पनि सोही मुद्दामा झगडिया झिकाउने आदेश गरेका थिए ।

उक्त मुद्दा हेर्न मिल्ने न्यायाधीशहरू अब ५ जना मात्रै भएको कारण चैत १५ गतेको सुनुवाइ पनि नहुने देखिएको छ । यसका लागि न्यायाधीशहरूको सरुवा नभए सम्म अन्तिम फैसला आउने सम्भावना कम रहेको रजिष्ट्रार सुवेदीले बताए ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports