linktrix Long Ad
Salt Trading Long Ad

कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा

572
shares

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसद बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारी सहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारी बाट पनि राजिनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।

पार्टी भित्र रचनात्मक आलोचना मार्फत् पार्टीलाई रुपान्तरण गर्न हदै सम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए । ‘हामीले विरोध पनि गरिराख्ने, भत्ता पनि खाइराख्ने, गाडी पनि चढिराख्ने यस्तो गरिराख्नु हुँदैन । त्यसैले यो सबै कुराहरु बाट मैले राजीनामा दिनुपर्छ ।’ उनले भने, ‘त्यसकारण देश, जनता भन्दा मेरो पद कुनै ठुलो कुरा होइन, त्यो शोभनिय हुँदैन । कालान्तरमा जनताले कुनै बेला विश्वास गरेछन् भने आउँला । त्यसैले राजीनामाको निर्णय भयो।’

उनले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports