तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं बाट दाङका निर्माण व्यवसायी अनुप पाण्डे पक्राउ

429
shares

दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौं बाट पक्राउ परेका छन् । पक्राउ परेका पाण्डे तुलसीपुर मेयर एवं नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।

डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको काँडाघारी बाट आज शनिबार पक्राउ गरेको हो ।उनलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफू सँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि बाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगरपालिका- ८ अश्वारका ३० वर्षका पाण्डेले सवारी साधन प्रयोग गरी भाडा बापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ दिनुपर्ने व्यवसायी गेहेन्द्र बस्नेतले बताएका छन् ।

तर पाण्डेले दिएको सानिमा बैंकको एक करोड आठ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports