तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भट्टराईको अरु राजनीतिक शक्तिहरुको विश्लेषण

442
shares

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका अरु राजनीतिक शक्तिको विश्लेषण गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराईले पेश गरेको प्रस्तावमा कांग्रेस र कम्युनिष्टको ब्राण्ड नाम बाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको उल्लेख गरेका छन् ।

उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा नेकपा माओवादी केन्द्र कांग्रेस र एमाले भन्दा थोरै लचिलो र उदार देखिएको उनले बताएका छन् । तर माओवादीले यस्ता मुद्दामा पनि अवसरवादी नीति अख्तियार गरेको भन्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘एमाले सँग एकताको अवधिमा माओवादी केन्द्रले यी सबै सवाल छोडेको थियो र एमाले जस्तै भएको थियो । हालै एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी के कति कारणले एमाले र माओवादी केन्द्र भन्दा भिन्न भन्ने अझै प्रष्ट भइनसकेको उनले बताएका छन् । राप्रपा शक्तिले सानो भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको भन्दै  भट्टराईले लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्ने प्रोपगाण्डाहरु प्रति चनाखो रहनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक समाजवाटी पार्टीको विचार, सिद्धान्त र एजेण्डा प्रष्ट नभएको, प्रतिगमनलाई साथ दिने कि नदिने मतभेदमा जसपा बाट फुटेर गएको भन्दै उनले भनेका छन्, ‘ओली सरकारको दुइ-दुई पटकको असंवैधानिक संसद विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहार बाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टी बारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।’ विवेकशील–साझा पार्टीको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको भट्टराईको विश्लेषण छ ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘यस पार्टी र आन्दोलनमा भएको विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिको अग्रगामी मूल बाटोमा जान चाहने युवा पंक्ति सानै संख्यामा भए पनि देशको प्रगतिशील र सकारात्मक शक्तिको स्रोत हो । उनीहरु सँग संवाद र सहकार्य गर्न सकिन्छ ।’ जनमत पार्टीको वास्तविक राजनीतिक अभिष्ट के हुन् भन्ने अझै प्रष्ट नभएको उनले बताएका छन् । ‘स्वतन्त्र मधेश’ को नारा बाट यो पार्टीको नेतृत्व चर्चामा आउको र ओली सरकार सँग आत्मसमर्पण गरेको भन्दै उनले भनेका छन्, ‘यसले हाम्रो पार्टी र मधेश सरकार विरुद्ध अनेक अवाञ्छित र झुठा प्रोपागण्डा गरेको छ । त्यसको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports