सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बद्नाम व्यक्तिलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको कमजोरी

520
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी प्रधानमन्त्री केपी ओली सरकार गठन भएको दुई वर्ष पुग्न लागेको छ । ओली नेतृत्वको सरकार पाँच वर्षसम्म सञ्चालन हुने भएपनि जनताको नजरमा सरकारले सन्तोषजनक काम गर्न सकिरहेका छैन । प्रधानमन्त्री ओलीले सरकारलाई दिएका निर्देशनहरु समेत पालना भएका छैनन् । सरकारका मन्त्रीहरुले प्रधानमन्त्रीका स्प्रिटलाई बुझ्न नसकेको जस्तो देखिएको छ । यस अर्थमा हेर्दा प्रधानमन्त्री ओली एक्लै कुद्न खोजेको जस्तो देखिन्छ ।

लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री नै सर्बेसर्वा हुन् मन्त्रीहरु भनेका त प्रधानमन्त्रीका सहयोगी मात्र हुन् त्यसैले जस अपजसको भारी प्रधानमन्त्रीले नै बोक्नुपर्दछ । केही हप्ता पहिलो प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषद्मा सामान्य हेरफेर गरेका छन् । केही मन्त्रीहरु हटाइए भने केही नयाँ अनुहारहरुलाई मन्त्री बनाइएको छ । तर मन्त्री बनाइएका केही व्यक्तिहरु विवादास्पद रहेकाले अहिले उनीहरु नै चलखेल गर्न लागेका छन् ।

मन्त्रिपरिषद्को हेरफेरमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएका मोतिलाल गुगडको व्यवहारले गर्दा थोरै समयमै उनी विवादको घेरामा तानिएका छन् । प्रधानमन्त्री ओलीसँग आफ्नो राम्रो सम्बन्ध भएको र आफूले तत्कालिन नेकपा एमालेलाई ठुलो रकम चन्दा प्रदान गरेकै कारण आफू समानुपातिक कोटाबाट सांसद हुँदै राज्यमन्त्री बन्न सफल भएको हुँ भन्दै मन्त्रालय र मन्त्रालय अन्र्तगत पर्ने विभागका कर्मचारीहरुलाई दबाब दिन थालेको मन्त्रालय सूत्रले दाबी गरेको छ । सूत्रका अनुसार मन्त्रीले गर्नुपर्ने निर्णयहरु समेतमा आफूले निर्णय गर्न पाउनुपर्ने भन्दै आफ्नो व्यवसायलाई फाइदा हुने काम गर्न कर्मचारीहरुलाई दबाब दिन थालेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भएपनि आफैँ मन्त्री भएको जस्तो गरेर राज्यमन्त्रीले मन्त्रालय चलाउन खोजेका छन् । राज्यमन्त्रीको शपथ लिएसँगै उनी श्रीमती सहित मन्त्रालय पुगेका थिए । अहिले उनले आफ्नो कार्यकक्ष सेवा सुविधा अपुग भएको भन्दै मन्त्रालयका उद्योग हेर्ने सचिवको कार्यालयमा आफूलाई दिन दबाब दिँदै आएका छन् । राज्यमन्त्री दुगडको सेञ्चुरी मसला र होटल व्यवसाय रहेको छ त्यसै कारण उनले आफ्नो व्यवसायलाई फाइदा पुग्ने कार्यहरु गर्न कर्मचारीहरुलाई दबाब दिँदै आएका छन् ।

राज्यमन्त्री दुगडको कार्यालयमा प्रायः प्रत्येक दिन नेपाल चीनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवाल पुग्ने गरेको र तिनै अग्रवालको सल्लाहमा उनी चल्ने गरेको हुनाले मन्त्रालयका कर्मचारीहरु समेत बद्नाम हुन सक्ने सम्भावना बढेको छ । अग्रवाल चीनी मिल मालिक समेत रहेको र उनको मिलले कृषकहरुबाट खरिद गरेको उखुको मूल्य समेत कृषकहरुलाई भुक्तानी दिएका छैनन् । गत वर्ष तिनै अग्रवालको अनुरोधमा सरकारले चीनी आयातमा कोटा निर्धारण गरेको थियो ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भन्दै सरकारले चीनी आयातमा कोटा निर्धारण गरेकै दिनदेखि चीनीको मूल्य बढाइएको थियो । त्यसै विषयलाई लिएर प्रधानमन्त्री ओलीले चीनी उद्योगी र चीनी व्यापारीहरुले आफूलाई झुक्याएको आरोप सार्वजनिक रुपमै लगाएका थिए । तर तिनै प्रधानमन्त्री ओलीले आफूँलाई झुक्याउने व्यवसायीलाई नै उद्योगराज्यमन्त्री बनाएका हुनाले अग्रवाल समूह बाहेक अन्य व्यापारी उद्योगीहरु आक्रोशित भएका छन् ।

दुगड सेञ्चुरी मसलाका मालिक हुन् । स्थायी घर सिरहा भएपनि उनले विराटनगरमा होटल समेत सञ्चालनमा ल्याएका छन् । उक्त होटलको उद्घाटन प्रधानमन्त्री ओलीले नै गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु त्यही होटलमा गएर बस्ने गरेका र सत्ताधारी पार्टीको कार्यक्रम समेत त्यसै होटलमा हुने गरेको हुनाले त्यसैलाई देखाएर दुगडले अन्य उद्योगी, व्यवसायीहरुलाई दुःख दिने गरेका छन् ।

राज्यमन्त्री बनेपछि अन्य उद्योगी व्यवसायीहरुलाई दुगडले आफ्नो शक्ति कति रहेछ देख्यौ ? भनेर थर्काउने गरेको एक व्यवसायीले बताउँदै भने त्यस्ता बद्नाम व्यक्तिलाई राज्यमन्त्री बनाउनु प्रधानमन्त्रीलाई किन आवश्यकता प¥यो ? त्यो नै रहस्यको विषय बनेको छ ? हेर्न बाँकी छ राज्यमन्त्री दुगडको चर्तिकला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सोझा र इमान्दार भएकाले उनीसमेत अब राज्यमन्त्रीको बद्नामीको भागी बन्न सक्ने सम्भावना देखिएको मन्त्रालय सूत्रले दाबी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports