विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्दै

598
shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

जसपा संघीय परिषद्को पहिलो बैठक हिजो सम्पन्न भएको थिए । सो बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । सोही राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने जसपाका नेता विश्वदीप पाण्डेले बताएका हुन् ।

बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्यविभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने बताइएको छ । हिजोको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले जसपा एक ढिक्का भएर अगाडि बढ्ने घोषणा गरेका थिए । जसपा एक ढिक्का भएर चुनावमा जाने भन्दै पार्टीमा रहेका सबै विवाद व्यवस्थापन भइसकेको पनि धारणा राखेका थिए ।

पार्टीमा कार्यकारी अध्यक्षको विषयलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष भट्टराईबीच आन्तरिक द्वन्द्व चलिरहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports