सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुसको आक्रमण बाट हाल सम्म १३०० सैनिक मारिए : राष्ट्रपति जेलेन्स्की

585
shares

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको आक्रमण बाट हाल सम्म १३०० सैनिक मारिएको बताएका छन् । उनका अनुसार ५०० रुसी सैनिकले आत्मसमर्पण गरेका छन् ।

राजधानी किएभमा आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले ठूलो संख्यामा रुसी सैनिकको पनि मृत्यु भएको बताएका छन् । उनले ५०० देखि ६०० रुसी सैनिकले आत्मसमर्पण गरेको दाबी गरे पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । उनले कतिपय रुसी सेनालाई युक्रेनमा किन पठाइयो भन्ने कुरा थाहा समेत नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘एक प्लाटुनले हतियार बुझाउने क्रममा आफूहरुलाई मानिसको ज्यान लिन यहाँ पठाएको भन्ने थाहा थिएन भनेका थिए ।’

यसैगरी उपप्रधानमन्त्री इरीना विरेश्चुकका अनुसार शनिबारको दिन करिब १३ हजार युक्रेनी नागरिकहरुलाई सुरक्षित स्थान तर्फ पठाइएको छ । शुक्रबार त्यसको आधा संख्यालाई सुरक्षित स्थानमा पठाइएको पनि उनले बताइन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports