नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसमा कुन पक्षको कति ?

767
shares

नेपाली कांग्रेसको अधिवेशन सकिएको छ । बारा, सप्तरी र सिन्धुपाल्चोकको अधिवेशन सकिए सँगै कांग्रेसको अधिवेशन सकिएको हो ।

सम्पन्न अधिवेशनमा संस्थापन पक्षधरले ४४ जिल्ला र इतर पक्षधरले ३३ जिल्लामा सभापति जितेर आफ्नो पकड जमाएका छन् । अहिलेको नतिजाले आगामी निर्वाचनका लागि टिकट वितरणमा पनि प्रभाव पार्ने कांग्रेस नेताहरु बताउँछन् । कांग्रेसको केन्द्रीय महाधिवेशन यस अघिनै सम्पन्न भइसकेको थियो भने बाँकि रहेका जिल्लाहरुको अधिवेशन पनि सकिएको छ । सम्पन्न १४ औं महाधिवेशनमा मुख्य रुपमा शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्ष बीच प्रतिस्पर्धा भएको थियो ।

यसबाहेक विभिन्न साना गुटहरु पनि अधिवेशनमा सक्रिय देखिएका थिए । सभापति शेरबहादुर देउवा पक्ष बाटै कतिपय जिल्लामा दुई उम्मेदवार उठे भने शेखर कोइराला निकटहरू पनि सभापतिका लागि आपसमा लडेका थिए । कांग्रेसले गत मंसिरमा १४ औं महाधिवेशन गरेको थियो । महाधिवेशन भन्दा पहिले ६१ जिल्ला अधिवेशन गरेको कांग्रेसले पछि १६ जिल्लामा अधिवेशन गरेको हो ।

झापा, बागलुङ लगायतमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पनि सभापति जितेको थियो ।मंसिरमा भएको केन्द्रीय महाधिवेशनमा सभापति पदमा दोस्रो चरणमा देउवा र शेखर बीच प्रतिस्पर्धा भएको थियो। देउवालाई दोस्रो चरणमा सभापति पदमा विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतले समर्थन गरेका थिए ।

केन्द्रीय महाधिवेशनपछि भएका जिल्ला अधिवेशनमा भने देउवा र कोइराला पक्षबीच प्रतिस्पर्धा भएका छन्। धनुषामा भने विमलेन्द्र निधि पक्ष र देउवा पक्षबीच सभापतिमा प्रतिस्पर्धा हुँदा निधि पक्षले जितेका थिए।

सिटौला, निधि सहित सभापति देउवा पक्षले ४४ जिल्ला सभापति जितेका छन् भने पौडेल सहित शेखर पक्षले ३३ जिल्ला सभापति जितेका छन्। गोरखा, मनाङ, मुस्ताङ लगायत केही जिल्लामा भने सभापति पदमा सर्वसम्मत भए पनि अरू पदमा चुनाव भएको थियो। कांग्रेस केन्द्रीय कार्यलयका अनुसार संस्थापन पक्षधर र इतर पक्षधरले निम्न जिल्लाहरुमा पकड जमाएका छन् ।

संस्थापन पक्षधर सभापतिहरु

रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
जुम्ला, सभापति कर्णबहादुर शाही
जाजरकोट, सभापति बेदराज सिंह
डोटी, सभापति नरेन्द्रबहादुर सिंह
रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
झापा, सभापति देउमान थेबे
बागलुङ, सभापति जित शेरचन
लमजुङ, सभापति टकराज गुरूङ
सल्यान, सभापति केशवबहादुर विष्ट
डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
डडेल्धुरा, सभापति भीमबहादुर साउद
म्याग्दी, सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
मुगु, सभापति ऐनबहादुर शाही
पाँचथर, सभापति रूपनारायण जवेगु
मनाङ, सभापति शंकर गुरूङ देउवा
हुम्ला, सभापति मोहनविक्रम सिंह
बझाङ, सभापति खड्क बोहरा
तनहुँ, सभापति जितप्रकाश आले
ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
कञ्चनपुर, सभापति पदम बोगटी
उदयपुर, सभापति हिमाल कार्की
भक्तपुर, सभापति दुर्लभ थापा
बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
धनकुटा, सभापति दिनेश राई
कैलाली, सभापति नारायणदत्त भट्ट
मकवानपुर, सभापति बुद्ध लामा
पर्सा, सभापति जनार्दनसिंह क्षेत्री
सर्लाही, सभापति सुरेन्द्रप्रसाद सिंह
सिन्धुपाल्चोक, सभापति जंगबहादुर तामाङ
रौतहट, सभापति सुनिलकुमार यादव
अछाम, सभापति पुष्पबहादुर शाह
बारा, सभापति राजेश राय यादव
सिरहा, सभापति रामचन्द्र यादव
धनुषा, सभापति योगेन्द्र पजियार
पर्वत, सभापति युवराज जोशी
इलाम, सभापति डम्बरबहादुर खड्का
सुर्खेत, सभापति खड्ग पोखरेल
रूपन्देही, सभापति रामकृष्ण खाण
कास्की, सभापति किशोरदत्त बराल
काभ्रे, सभापति तीर्थ लामा

इतर पक्षधर सभापतिहरु

बाजुरा, सभापति रामसिंह रावल
तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
स्याङ्जा, सभापति राजु थापा
खोटाङ, सभापति विष्णुकुमार राई
दार्चुला, सभापति ललितसिंह बोहरा
नुवाकोट, सभापति रमेश महत
दाङ, सभापति शंकरप्रसाद डाँगी
दैलेख, सभापति मणिराम रेग्मी
गुल्मी, सभापति खिलध्वज पन्थी
काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
धादिङ, सभापति रामनाथ अधिकारी
सुनसरी, सभापति केदार भण्डारी
कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
मोरङ, सभापति डिगबहादुर लिम्बू
चितवन, सभापति राजेश्वर खनाल
बाँके, सभापति नारायण गौडेल
प्युठान, सभापति विष्णुकुमार गिरी
अर्घाखाँची, सभापति केशव श्रेष्ठ
रोल्पा, सभापति किशोर आचार्य
बैतडी, सभापति चतुरबहादुर चन्द
दोलखा, सभापति बर्मा लामा
गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट, सभापति अम्बबहादुर शाही
संखुवासभा, सभापति दीपक खड्का
रूकुमपूर्व, सभापति केशरमान रोका
मुस्ताङ, सभापति रोमीगौचन थकाली
भोजपुर, सभापति विनोद वान्तवा
नवलपुर, सभापति महेन्द्रध्वज जिसी
महोत्तरी, सभापति नागेश्वर यादव
सिन्धुली, सभापति उपेन्द्र पोखरेल
सप्तरी, सभापति रामदेव साह

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports