गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हलो चिह्न नदिए निर्वाचन गर्न नदिने : लिङदेन

806
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै चुनाव चिह्न  हलो नपाए चुनाव हुनै नदिने चेतावनी दिएका छन् । सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध पुर्याउने बताए ।

लिङ्देनले आफ्नै चुनाव चिह्न दिएर द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह पनि गरेका छन् । उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई हलोमै मतदान गर्न पाउने आश्वासन दिए ।

उनले राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न दिनैपर्ने भन्दै नदिए चुनाव बहिष्कार गर्ने भन्दा चुनावै हुन नदिने बाटोमा राप्रपा लाग्ने दावी गरे । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधार बाट पर धकेल्ने कुरा स्वीकार्य नहुने अध्यक्ष लिङ्देनको भनाई छ।

राष्ट्रिय मान्यता पाएका दल बाहेक अरु दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार मान्न सक्ने कानुनी व्यवस्था छ । त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले अरु नै चुनाव चिह्न पनि दिन सक्नेछ ।

राजनीतिक दल सम्बन्धी ऐनमा भएको यो व्यवस्था विभेदकारी रहेको भन्दै राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अरु दलले विरोध जनाइरहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports