सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपाको बैठकमा नेतृत्वको आलोचना

468
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकमा नेताहरुले पार्टीको सचिवालयमा संख्या थप्नुपर्ने बताएका छन् । तत्कालिन नेकपाका उपाध्यक्ष समेत रहेका युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यले र तत्कालिन माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी पम्फा भुसालले सचिवालयलाई १५ सदस्यीय बनाउनुपर्ने माग गरेका छन् । नेता ज्ञवालीले बैठकमा बोल्दै भने नेताहरुको वरियता क्रममा पार्टीले किन विभेद गरेको भन्दै प्रश्न गरेका थिए ।

नेता ज्ञवालीले भने अब सचिवलय विस्तार गर्ने र आफूहरुको स्वाभाविक दाबीलाई सुनुवाई गर्न माग समेत गरेका छन् । स्मरण रहोस् अहिले नेकपाको सचिवलयमा ९ सदस्यीय रहेको छ जसमा पार्टी अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल सहित पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये तत्कालिन नेकपा एमालेबाट प्रधानमन्त्री केपी ओली, झलनाथ खनाल, माधव नेपाल, विष्णु पौडेल र इश्वर पोखरेल, वामदेव गौतम रहेका छन् भने माओवादीबाट अध्यक्ष दाहाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ रहेका छन् ।
स्थायी समितिको बैठकमा बोल्दै नेतृ पम्फा भुसालले समेत सचिवालयलाई विस्तार गरी १५ सदस्यीय बनाउनुपर्ने भन्दै नेतृत्वलाई तत्काल सचिवालयलाई विस्तार गर्न माग समेत गरिकी छिन् ।

नेतृ भुसालले भनिन् सचिवालयमा अहिले एकजना पनि महिला छैनन् । पार्टीका हरेक कमिटिमा महिलालाई उचित प्रतिनिधित्व होस् भन्दै सचिवालयमा महिलाको प्रतिनिधित्व गराएर समावेशी बनाउने गरी १५ सदस्यीय बनाइयोस् उनले बैठकमै भनिन् । अधिकार माग्ने होइन लिने हो भन्दै जनयुद्धमा झण्डै २५ सय महिलाले बलिदान दिएको नेतृत्वलाई स्मरण समेत गराएकी थिइन् । आन्दोलनमा महिलाको पनि बलिदान छ । सडकमा समेत हजारौं महिला उत्रिएका छन् हामी आफैँले संघर्ष गरेर आएका छौँ यो कसैको श्रीमान् वा श्रीमतीलाई वा आफन्तलाई दिने पेवा होइन भन्दै नेतृत्वको कडा आलोचना गरेकी छिन् । नेता ज्ञवालीले पार्टी नेतृत्वले बैठक बसाल्न ढिला भयो भनेर आत्मालोचना मात्र गरेर नपुग्ने भन्दै उनले भने आत्मालोचना मात्र गरेर पुग्दैन आलोचना नै हुनुपर्दछ ।

स्थानीय समितिको बैठकमा बोल्ने प्राय सबै नेताहरुले नेतृत्वको आलोचना गरेका थिए । त्यसरी बोल्नेहरुमा माधव नेपाल पक्षीय नेताहरु रहेका थिए । नेकपाभित्र अहिले पनि तत्कालिन नेकपा एमालेभित्र रहेको केपी ओलीगुट र माधव नेपाल गुट सक्रिय रहेका छन् भने पछिल्लो समयमा वामदेव गौतम समेत नेपाल गुटमा पुगेका भएपनि नेतृत्व वर्गले उनलाई पार्टीको विधान नै संशोधन गरेर पार्टीको उपाध्यक्ष बनाउने निर्णय गरेपश्चात् उनी ओली गुटमा पुगेका छन् । गौतम कहिले अध्यक्ष दाहाल र कहिले नेता नेतालतर्फ ढलमलिएका जस्तो देखिएतापनि पार्टीको उपाध्यक्ष बनाउने भएपछि उनी अहिले ओली गुटमा लागेको एक नेताले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports