सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, बालिका बलात्कार पछि हत्याको घटना

455
shares

विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कार पछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा २ जना युट्युबर पनि रहेको प्रहरी स्रोतले बताएको छ ।

यद्यपि प्रहरी उपरीक्षक जिसीले युट्युबरको विषयमा आफूलाई जानकारी नभएको बताए । सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको बताउँदै उनले मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा टुंगो नभएको बताए ।

न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । ‘१८ महिने नानीको बलात्कारपछि हत्या भएको छ, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय माग्दै प्रदर्शन गर्दा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ,’ महिला अधिकारकर्मी शुशीला उप्रेतीले भनिन्, ‘प्रहरीको व्यवहार पीडित मैत्री भएन ।’ उनले न्याय माग्ने महिलाहरुलाई विनाशर्त रिहा गर्नुपर्ने बताइन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कार पछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । गत शुक्रबार साँझ घर बाट हराएकी नाबालिकालाई आफन्तले घर नजिकैको झाडीमा फेला पारेका थिए ।

गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । बालिकाको बलात्कारप छि हत्या आरोपमा प्रहरीले आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो । दुई जना दाजुभाइ हुन् ।

अजय भने सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण आरोपमा पक्राउ परेका थिए । आरोप पुष्टि नभएपछि १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङ बाट छुटेका थिए । एउटा घटना बाट उन्मुक्ती पाएको दुई महिनापछि उनकै योजनामा नाबालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले बताएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports