महाअभियोग प्रस्ताव माथि बजेट अधिवेशनमा छलफल हुनेछ : प्रवक्ता रोजनाथ पाण्डे
वि.सं.२०७८ चैत २ बुधवार १६:५५
shares

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिरुद्धको महाअभियोग प्रस्ताव माथि बजेट अधिवेशनमा छलफल हुने बताएका छन् ।उनले यो अधिवेशन अन्त्य भएकाले अब बजेट अधिवेशनमा छलफल हुने बताए ।
महाअभियोग प्रस्ताव पनि विभिन्न प्रस्ताव मध्ये एउटा प्रस्ताव हो र यो पनि विचाराधीन अवस्थामा पुगिसकेको हुनाले यसको छलफल पनि निरन्तर अघि बढ्छ भनेर अपेक्षा गर्न सकिन्छ’ उनले भने ‘…सम्माननीय सभामुखज्यूले आगामी बैठकमा यो छलफल गर्ने भनेर अघि लगिसकेको कुरा हो ।’
प्रवक्ता पाण्डेका अनुसार संघीय संसदको बजेट अधिवेशनमा पनि महाअभियोग प्रस्ताव पनि बजेट अधिवेशनमा छलफल हुनसक्नेछ ।
































