२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वविद्यालयमा हड्ताल नगर्न प्राध्यापकहरुलाई शिक्षामन्त्रीको आग्रह

637
shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हड्ताल नगर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारी सँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताए ।

‘लामो समय सम्म पढाइ अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो। प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस्’ उनले भने । प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्र सेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजना रहेको पनि मन्त्री पौडेलले बताए ।

‘राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टिकरणका आधारमा केन्द्रीय विश्वविद्यालयको मातहतमा रहने गरी तयारी गरेका छौं’ मन्त्री पौडेलले भने, ‘उच्च शिक्षालाई नियमन गर्ने गरी ऐन माथि छलफल भइरहेको छ ।’

छलफलमा नेपाल प्राध्यापक संघको तर्फ बाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रमः २०७४ सालको मन्त्रिपरिषद्को बैठक बाट निर्णय भएर राजपत्रमा प्रकाशित भइसकेकाले कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरे । प्राध्यापकहरुको तलबमान सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवत्तिभरण उपलब्ध गराउन माग गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports