२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चैत मसान्त भित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न खानेपानी मन्त्रीको निर्देशन

780
shares

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत मसान्त भित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्त सम्म जसरी पनि पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिएका हुन् । मन्त्री चौधरी सँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेल लगायत सहभागी थिए । निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिन अघि ठेकेदारले केही समय काम रोकेको भन्दै भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए ।

मन्त्री चौधरीले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौता अनुसार भुक्तानी गरिरहेको पनि सो अवसरमा स्पष्ट गरे । स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उनले बताए ।

मन्त्री चौधरीले भने, ‘सबैका उचित माग पूरा हुन्छन्, यसतर्फ सरकार सजग छ, तर काम बन्द गर्ने काम कसैले पनि गर्नु हुँदैन, कुनै पनि हालतमा सरकारले तोकेको समय यही महिना भित्रै काठमाडौं पानी पुर्‍याउनुपर्छ ।’ उनले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिन भित्र काम सक्ने सम्झौता गरेकाले त्यही अनुसार काम हुनुपर्नेमा जोड दिए । उनले हाल जारी रहेको कामको गति चित्तबुझ्दो रहेको पनि बताए ।

काठमाडौं आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्सातको बाढीले क्षति पुर्‍याएको थियो । त्यसपछि सो आयोजना हालसम्म नै ठप्प रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports