तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डले ओलीलाई खलनायकको संज्ञा दिए

533
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिएका छन्  र उनी प्रति प्रहार अझैं नपुगेको बताएका छन् ।

बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित गैर भौगोलिक प्रदेश समितिहरुको प्रशिक्षणमा प्रचण्डले ‘प्रतिक्रियावादीहरु’ अझै ओलीलाई बचाउन लागि परेको आरोप समेत लगाए । ‘अझै पुगेको छैन खलनायकलाई,’ एमाले अध्यक्ष ओलीको नाम नलिई भने, ‘दिन त हामीले पुर्‍याएर दिएकै हो । बालुवाटार बाट बालकोट, सबै प्रदेश बाट घर–घर पुर्‍यादिइम् । तर अझ जति पुग्नुपर्ने हो, पुगेको छैन क्या !’

प्रचण्डले थपे, ‘(देश भित्र र बाहिरका) प्रतिक्रियावादीहरु उनलाई बचाउन कस्सिएका छन् । माओवादी आउला कि भनेर सातो गएको छ उनीहरुको । उनीहरुको सातो गए जाओस्, कम्युनिज्मको भूत भन्या जस्तो हामी माओवादी भूत भएर निक्लिनुपर्‍यो एकचोटी । यिनीहरुको सातो खानुपर्‍यो, अनि जित्छौं हामीले ।’

सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयता परियोजना एमसीसी अनुमोदनका बेला बानेश्वरमा एमाले अध्यक्ष ओली लगायतका नेताहरुसँग भएको वार्ताबारे पनि कार्यकर्तालाई जानकारी गराएका छन् । उनले त्यो वार्ता किन सफल हुन सकेन भनेर व्याख्या समेत गरे ।

त्यतिविधि शेरबहादुरजी मात्रै एमालेलाई फकाउने ? लास्टै पर्‍यो भने त हामी पनि फकाउन जाम भनेर म, नारायणकाजी, देव गुरुङ, शक्ति बस्नेत गइयो केपी कहाँ । राष्ट्र संकटमा छ, केके हुने हो भनेर सल्लाह गरेर केपीकहाँ गइयो ।

मैले ओलीसँगको एकल वार्तामा बडो गम्भीर ढंगले कमरेड हिजो तितो मिठो जे–जे भएको भएपनि आज देश संकटमा पर्‍यो । तपाईं–हामी फेरि सहकार्य गर्न थालौं । आखिर यो देशलाई संकटमा बचाउने त वामपन्थीले नै त हो भनेर मिठो भाषामा भनेँ । उनले चाहिं तपाईं आउनुभयो ठीकै भयो, म दुई/तीनवटा कुरा भन्छु भने ।

पहिले त्यो सभामुख हटाउनुहोस्, त्यसपछि १९ पृष्ठको दस्तावेज जुन पहिले पेस गरिएको थियो, त्यो गल्ती भयो भनेर खारेजको घोषणा गर्नुहोस् भने । अहिले आएर त्यो १९ पृष्ठ लामो दस्तावेज गल्ती भयो भनेर खारेज गर्ने भन्छन् ।

माधव लगायत गैरसांसदलाई हटाउनुहोस्, अनि मात्रै सोच्न सकिन्छ भनेपछि मलाई के दशा लागेर आइएछ यो बैगुनीकहाँ भनेजस्तो भयो । त्यसपछि अरु साथीहरु (नारायणकाजी लगायत) लाई बोलाएँ ।

एमाले तिर पनि अरु साथीहरु थिए । दुई जनाबीच के–के भयो भनेर ‘ब्रिफिङ’ गर्दा हाम्रो गुरुङजी विचरा सोझो मान्छे । उहाँले यो राष्ट्रिय स्वाधीनताको विषयमा त‍‍‍… भनेर के भन्दै हुनुहुन्थ्यो, के को राष्ट्रिय स्वाधीनता (चर्को स्वरमा), त्यो एमसीसी ठीक छ भने पछि चाहिँ हामी सबैलाई यो हुने ठाउँ होइन, बेकारमा आइएछ भन्ने लाग्यो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports